दोलखामा बाढीले तीनवटा होटल बगायो, एकजना बेपत्ता

दोलखा- दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नम्बर ९ छ्योतछ्योत सिमीगाउँ रोल्वालिङ छ्योरोल्पा पदमार्गमा अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी तीनवटा होटेल बगाएको छ ।

होटेल व्यवसाय गरिरहेको तीनवटा होटल पूर्ण क्षति हुनको साथै एकजना होटल व्यवसायी जाङमु शेर्पा सम्पर्कविहीन भएको वडा अध्यक्ष निमगेली शेर्पाले जानकारी दिनुभयो । अहिले स्थानीय सरकारलगायत सुरक्षाकर्मीहरू खोजी कार्यमा जुटिसकेको अध्यक्ष शेर्माले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्