एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ – नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ। शनिबार बिहान १० बजे बस्नेगरी संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठक पछिल्लो राजनीति परिस्थितिबारे छलफल हुने बर्तौलाले जानकारी दिए।

एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने सहमति जुटेसँगै मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ। यसबारे संसद सचिवालयलाई पनि जानकारी दिएर अब प्रतिपक्षमा रहने भनिसकेको छ। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरी संसदबाट विश्वासको मत लिने भनिसकेका छन्।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने जानकारी पत्रमार्फत संसद सचिवालयलाई जानकारी दिइसकेका छन्। यद्यपि एमाले र कांग्रेस एकातिर हुँदा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहँदैन। यी सबै विषय र पछिल्लो राजनीतिक परिस्थितिबारे एमालेले आजको बैठकमा छलफल गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्