काठमाडौँको तिलगंगा क्षेत्रमा पार्क निर्माण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको तिलगंगा क्षेत्रमा पार्क निर्माण गरिएको छ । महानगरको वडा नम्बर ८ को पहलमा निर्माण गरिएको पार्कसहित पिङ्गलास्थान, भण्डारखाल, गुह्येश्वरी लगायतका खुला स्थानमा व्यायामका साधन तथा उपकरण राखिएको छ ।

सहरी जीवनशैलीलाई सक्रिय बनाउन खुला स्थानमा जान सक्ने वातावरण बनाउन प्रयास थालिएको वडाध्यक्ष आशामान संगतले बताएका छन् । उनले भनेका छन्- ‘सार्वजनिक स्थलको उपयोग बढ्न थालेपछि व्यक्ति व्यक्ति बिचको सम्बन्ध पनि नजिक हुन्छ । शारीरिक अभ्यासले स्वस्थ्य रहन मद्दत गर्छ । यसले जनस्वास्थ्य र पर्यावरण दुवै क्षेत्रमा लाभ दिन्छ ।’

उनकाअनुसार करिब ७२ हजार लागतमा पार्क र करिब ७ लाख १० हजार लागतमा खुला व्यायामशालाका साधन तथा उपकरण खरिद गरिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्