बागमती भ्रमण वर्ष २०२४ को प्रचार प्रसार ड्राइभ टुरिजम तथा स्पोर्ट्स टुरिजम मार्पmत

बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोस्नल र्‍याली सम्पत्र भएको छ । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा भएको सो र्‍यालीको व्यवस्थापन नासा फाउन्डेसनले गरेको थियो ।
र्‍यालीका सहभागीहरुले बागमती प्रदेशका विभिन्न जिल्लामा भएका पर्यटकीय गन्तव्य तथा धार्मिक स्थलहरुको अध्ययन र यो क्षेत्रमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ तथा स्पोर्ट्स टुरिजममार्फत गर्न सकिने आवश्यक कार्यको वारेमा विवरण संकलन गर्नुुका साथै विभित्र स्थानमा प्रवरधनात्मक कार्यक्रम समेत आयोनजा गरेका् छ ।

यही असार ३ गते ललितपुरको सातदोबाटोस्थित खेलकुद परिसरबाट आठ दिनका लागी सुरु भएको र्यालीले पहिलो दिन नगरकोट, दोलालघाट, सुकुटे बीच, मुढे हुँदै कालिन्चोक नजिक कुरी बजार पुगेको छ भने उक्त र्याली का सहभागिहरुले विभिन्न अध्ययन, छलफल तथा प्रवरधनात्मक कार्यक्रम गरेका छन् । सो अवसरमा सहभागिहरुले नगरकोटमा होटल व्यवसायीसँग छलफल गरे भने दोलालघाट, सुकुटे बीच, मुढे आदि स्थानमा भएका विभिन्न पर्यटकीय स्थलको वारेमा विवरण संकलन गर्नुका साथै यी स्थानहरुमा गाडीको खेल अटोक्रसको परीक्षण–खेल समेत आयोजना गरेका छन् । त्यसैगरी सहभागी टोलीले सुकुटे बीचमा बीच भलिबलको सांकेतिक प्रतियोगिता समेत गरेका छन् ।

र्यालीको दोस्रो दिनहुँदै क्रमसः दोलखाको कालिन्चोकमा पुगेर कालिन्चोक केबुलकार र कालिन्चोक भगवती मन्दिरको बारेमा आवश्यक अध्ययन गर्नुका सथै कालिन्चोक दर्शन लिमिटेडका स्टेसन म्यानेजर तिलक दुलाल र कालिन्चोक भगवती मन्दिर क्षेत्रका स्थानीयसँग विभिन्न जानकारी लिएका छन् । कुरी लगायतका स्थानहरुमा पुग्न उपयुक्त सवारी साधनहरुको प्रयोग र अध्ययनका साथै यी स्थानहरुमा स्नो स्किइङ मार्फत खेल पर्यटनको ठुलो सम्भावनालाई समेत उजागर गरेका छन् ।

चरिकोटका सांस्कृतिक अभियन्ता शान्त कृष्ण श्रेष्ठ र अन्य विभिन्न व्यक्तिसँग दोलखा जिल्लाका पर्यटकीय स्थलको वारेमा जानकारी लिइएको छ । दोलखाको सदरमुकामबाट तामाकोशी हुँदै किर्नेटार, खिम्ती लगायतका विभिन्न मनोरम स्थलको अध्यन, अवलोकन गर्दै रामेछापको सदरमुकाम मन्थलीमा ट्राफिक प्रहरी र अन्य निकायसँग बागमती भ्रमण वर्षको वारेमा सञ्चालन गरिएको विभिन्न गतिविधि वारेमा जानकारी आदानप्रदान गरि प्रचार प्रसार समेत गरेका छन् ।

सिन्धुली गढी र मकवानपुर गढीका वारेमा आवश्यक विवरण संकलन गरिनुका साथै हेटौंडाको मनकामना मन्दिर लगायत धार्मिक तथा ऐतिहासिक स्थलमा गाडी, मोटरसाइकल तथा साइक्लिङका गतिविधि गरी यी पर्यटकिय गन्तव्यहरुको सम्भावना बारे अध्ययन गरेका छन् ।
कुलेखानी, मार्खु र चित्लाङ लगायतका पर्यटकीय स्थलका साथै चितवनको सौराहामा अवस्थित हात्तिपालन सम्बन्धी आवश्यक जानकारी लिनुका साथै नारायणी नदी किनारामा चलिरहेको पावर बोट सम्बन्धमा आयुष्मा मोटर बोट कम्पनीका अध्यक्ष विजय चन्द्र अधिकारीसँग आवश्यक जानकारी लिइयो ।

त्यसैगरी त्रिशुली नदीमा चल्ने र्‍याफ्टिङको वारेमा रिभर साइड रिसोर्टका सञ्चालकहरुसँग आवश्यक जानकारी संकलन गरिएको छ भने नुवाकोट दरवार, देवीघाट र बेत्रावती सन्धिस्थल वारेमा समेत आवश्यक विवरण संकलन गरि प्रवर्धनात्मक कार्यक्रम समेत गरेका छन् । नुवाकोट दरवार र यसको सेरोफेरोको वारेमा स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, नुवाकोटका प्रमुख सुनिल पाण्डेसँग महत्वपूर्ण विवरण संकलन गरिएको छ भने एस क्षेत्र का वरी–परी हाईकिङ्ग गरी सो को सम्भावना बारे समेत उजागर गरिएको छ ।
यी वाहेक काठमाडौं उपत्यकामा रहेका विभिन्न धार्मिक र पर्यटकीय स्थलको वारेमा समेत विवरण संकलन गरिएको छ भने ड्राईभ टुरिजम अन्तरगत विभित्र स्थानमा र्याली समेत आयोजना गरेको छ ।

सहभागीहरुले संकलन गरेको प्रचार प्रसार सामाग्री, भिडियो आदि सामग्री तथा ड्राफ्ट मन्त्रालयमा पेश गरिको छ । यसबाट बागमती प्रदेशका पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रचार प्रसार गरिने, ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मार्फत प्रदेशको दिगो पर्यटनका लागि आधारशिला तायार पार्ने र बागमती प्रदेशका ठूला शहरबाट ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मार्फत पुग्न सिकिने विभिन्न गन्तव्यहरुलाई सार्वजनिक गर्ने कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको र्‍यालीका संयोजक सन्तोष न्यौपानेले बताउनु भयो ।

यस कार्यक्रमले बागमती प्रदेशमा रहेका विभित्र पर्यटकीय एवं धार्मिक स्थलहरुको पहिचान हुनेछ । यसले देशको राजधानी साथै प्रदेशका ठूला शहरबाट नजिकै रहेका तर ओझेलमा परेका पर्यटकीय स्थललाई ड्राइभ टुरिजम तथा टु ह्विल टुरिङ अर्थात सामान्य गाडी तथा मोटरसाइकलमै अवलोकन गर्न सकिने विषयलाई सहज तरिकाले प्रस्तुत एवं प्रवर्धन गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्