एमालेका मन्त्रीहरूले सामुहिक राजीनामा दिने, के गर्लान् प्रचण्ड ?

काठमाडौँ – नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दलबिच सहमति भएको थियो । अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको छ ।

मन्त्रीहरूले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । मन्त्रीहरूको राजीनामासँगै प्रधानमन्त्री प्रचण्डले साँझसम्म मार्गप्रशस्त गर्ने बर्तौलाले विश्वास व्यक्त गरे ।

उता, नेपाली कांग्रेसले हिजो भएको सहमति र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्