फिजम अन्तरविद्यालय कविता वाचन प्रतियोगितामा अर्किड स्कुलकी बिभुषा केसी बनिन् विजेता

काठमाडाैं – फिजमको आयोजनामा फिजम अन्तर विद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । फिजमका अध्यक्ष अमृतकुमार खड्काको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा डा. देवी नेपाल प्रमुख अतिथ्य्यतामा कोटेश्वरको ग्रामर कलेजमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको हो ।

जसमा प्रथम अर्किड प्युपल सेकेण्डरी स्कुल तथा द्वितीय हेब्रन पब्लिक स्कुल भएको छ । यस्तै तृतीय रत्न शिक्षा सदन तथा चौथो ग्लोबल पब्लिक स्कुल भएको छ ।

प्रतियोगितामा अर्किड स्कुलबाट बिभुषा केसी, हेब्रन पब्लिक स्कुल विशेष दाहाल, रत्न शिक्षा सदनबाट आकांक्षा सापकोटा र ग्लोबल पब्लिक स्कुलबाट स्नेहा कार्कीले आफ्नो प्रस्तुती राखेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने विद्यालयले ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरेको छन् । यस्तो प्रतियोगिताको निर्णायकमा रूपक अधिकारी बलराम दाहाल रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. नेपालले कविले सृजना गरेको कविता सधै जिवन्त रहने भएकाले कविको नाम सधै मनमनमा रहिरहने बताउनुभयो । साथै विद्यार्थीहरूले सृजना गरेको कविताको प्रशंसा गर्दै उहाँले मिठा मिठा कविता समेत सुनाएका थिए ।
यस्तै पढाईसँगसँगै फिजमले गरेको कविता वाचन प्रतियोगिता स्वागतयोग्य रहेकोले प्रतिभा प्रस्फुटन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रम पश्चात उपहार खबरसँगको कुराकानीमा फिजमका अध्यक्ष अमृत कुमार खड्काले विद्यार्थीको लेखन शैलीसँगै वाक अर्थात बोल्ने र वाचन गर्ने क्षमताको पहिचान गर्नुका साथै उनीहरुमा लुकेर रहेको साहित्यिक सृजनालाइ उजागर गर्ने उद्देश्यले कार्यक्रम राखेको वताउनुभयो । यस शैक्षिक शत्रको यो पहिलो कार्यक्रम भानु जयन्तीको अवसर पारी प्रतियोगिता आयोजना गरेको र कार्यक्रम उत्साहजनक ढंगले सम्पन्न भएको प्रतिक्रिया दिनुभयो ।

फिजम अन्तर्गत रहेका विद्यालयका भाइवहिनीहरुले अहिलेसम्म सिकेको  कुरा तथा आदिकवी भानुभक्तले देशमा देखाएको कविताको माहोल/ बाटो लाइ नयाँ पुस्ताले समेत अबलम्बन गर्न सकुन र  यो देशको साहित्य र सृजनासँगै साहित्यकारलाई सम्झन सकुन भन्ने मुख्य उद्देश्य रहेको समेत अध्यक्ष खड्काले बताउनुभयाे ।

कविता वाचन प्रतियोगितामा करिब १८ विद्यालयले सहभागिता जनाएका थिए । एक विद्यालयबाट एक जना प्रतियोगि सहभागी गराईएको थियो । कार्यक्रम सञ्चालन फिजमका सचिव सुनिल केसी खत्रीले गर्नुभएको थियो । २०६४ सालमा स्थापना भएको फिजमले स्थापनाकालदेखिनै  फिजम अन्तर्गत रहेका सदस्य विद्यालयका बिच विभिन्न खालका शैक्षिक तथा अतिरिक्त क्रियाकलप प्रतिष्पर्धात्मक ढंगले गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्