अर्जेन्टिनाको कोपा अमेरिकामा लगातार तेस्रो जित

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकामा लगातार तेस्रो जित हैस्ल गरेको छ ।

आइतबार सम्पन्न समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरको हो ।

अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले दुवै गोल गरेका थिए । उनले खेलको ४७औ र ८६औँ मिनेटमा गोल गरेका थिए । उनको यस कोपामा कुल चार गोल गरेका छन् ।

यो जितपछि अर्जेन्टिनाले समुह ए मा ३ खेलमा ९ अंक हासिल गर्दै शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।

त्यस्तै समुह ए बाट क्यानडा क्वाटरफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा क्यानडाले चिलीसँग गोलरहित बराबरी खेलेसँगै समुहमा दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ ।

यो सँगै समुह ए बाट चिली र पेरु दुवै बाहिरिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्