संखमूलमा रहेको नेरिक एकेडेमीमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौ –  काठमाडाैंको संखमूलमा  रहेको नेरिक एकेडेमी रक्तदान कार्यक्रम सम्पन्न  भएको छ । जसमा ८६ पोइन्ट रगत संकलन भएको छ। प्रभु वैंक संखमूल शाखाको प्रमूख प्रायोजन एंव नेरिक एकेडेमी संखमूल , गलकोट घुम्टे विकास मंच काठमाडौ र वागलुंग गलकोट महिला समूह कीठमाडौको सह आयोजनामा कार्यक्रम सम्पन्न भयको हो ।

रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक तथा प्रभ वैंक, संखमूल शाखा प्रमुख गिता खकुरेलले रक्तदान जिवनदान भन्ने मुल नारा सहित विभिन्न सामाजीक संघ सस्था को आयोजनामा गरेको रक्तदान कार्यक्रम वास्तवमा मानवीय सेवाभावमा समर्पित रहेको बताउनु भयो ।

रगतको अभावमा कसैको ज्यान नजावस भनी गरिएको रक्तदान कार्यक्रम सामाजिक कार्य विषय अन्तर्गतकै महत्त्वपूर्ण काम भएको गलकोट घुम्टेविकास मंच काठमाडौका अध्यक्ष र्रशान्त ढकालको भनाइ छ।

रक्तदान कार्यक्रममा विधालयका शिक्षक शिक्षिका, अभिभावक तथा वैंक प्रतिनिधीहरु, संघ सस्था प्रतिनिधीहरु, सामूदायीक प्रहरी सेवा केन्द्र वडा ३१ प्रतिनिधीहरु, अन्य मनकारी रक्तदाताहरुको सहभागीता रहेको विधालयका प्रिन्सिपल मिलन के सीले जानकारी दिनु भयो ।

प्रभु वैंक संखमूल मूल आयोजक भय पनि कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भुमिका खेल्नुहुने विधालय परिवार साथै उपस्थिति सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको महिला अध्यक्ष ज्योति श्रेष्ठले बताइनु भयो ।

रेडक्रस सोसाईटी कालिमाटिले रक्तसंकलनमा पूर्ण प्राविधिक सहयोग गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्