लिम्चुङबुङको दुख : सडक, पर्यटन सल्लाहकार बकेले भने – ‘बोल्ने कुरा धेरै थिए तर मनमा घर कसरी जाने भन्ने चिन्ता छ’

काठमाडौँ – हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने सडकका कारण उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका नागरिकले दशकौदेखि सास्ती भौग्दै आएका छन् । सहज सडक पहुँच नहुँदा नागरिकहरु वर्षौदेखि जोखिमपूर्ण र असुरक्षित यात्रा गर्न बाध्य छन् । उदयपुरकै मुर्कुची बजारबाट उत्तरतर्फ लिम्चुङबुङ जाने सडक खाल्डाखुल्डी, बाढीका कारण वर्षातको समयमा गाईघाट झर्नेहरुले सास्ती भोग्न बाध्य भएका छन् । करिब ४० किलोमिटरको उक्त सडकको यात्रा गर्न घण्टौँ समयको जोखिमपूर्ण यात्रा गर्नुपर्नेहुन्छ ।

 

सगरमाथा जाने छोटो रुटको रुपमा समेत हेरिएको उक्त सडक लिम्चुङबुङ गाउँपालिका केन्द्र समेत जोड्ने सडकमा पर्दछ । सडकमा जमेको पानी, खाल्डाखुल्डी र हिलाम्य सडकले यात्रा सजिलो छैन । यसले गर्दा यात्रुलाई गन्तव्यमा पुग्न सकस भइरहेको हो । बाइट…..
हिलाम्य र साँघुरो सडकका कारण यात्रु र सवारी साधनले हैरानी भोगिरहेका छन् । तर राजमार्गको मर्मत तथा सुधारमा भने कसैलो चासो दिएका छैनन् । सडक मर्मत नहुँदा यात्रुले नै गाडीलाई धकेल्नुपर्ने र ठाउँठाउँमा पैदल नै हिँड्नुपर्ने बाध्यता छ । यसले यात्रुलाई गन्तव्यसम्म पुग्न धेरै समय खर्चनुपर्ने बाध्यता भएको छ ।

लिम्चुङबुङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन तथा उज्यालो लिम्चुङबुङ घोषणा कार्यक्रममा सहभागी हुन त्यहि बाटोमा यात्रा गरेको पर्यटन व्यवसायी तथा लिम्चुङबुङ गाउँपालिकाका पर्यटन सल्लाहकार रामसुन्दर बके सहितको टिममले यात्रा गर्दा निक्कै सास्ती खेप्नुपर्यो । करिब ४ घण्टामा पुग्ने अनुमान सहित बेलुकी यात्रा सुरु गरेकोमा विहान १० बजेसम्म जोखिमपूर्ण यात्रा गर्दै पुगेपछि सल्लाहकार बकेले कार्यक्रममा बल्दै भने, ‘बोल्ने कुरा धेरै थिए तर मनमा घर कसरी जाने भन्ने चिन्ता छ, जसो तसो पुगिन त पुगियो तर अब जाने कसरी भन्ने चिन्ता छ त्यहि भएर भन्नुपर्ने कुराहरु भन्न समेत आँट आएको छैन’ । बकेका यी शब्दहरुले लिम्चुङबुङ गाउँपालिका बासीहरुको मन छोएको छ ।  यस्तै कोशी प्रदेशका पर्यटन वन तथा वातवरण मन्त्री नारायण बुर्जामगरले मुर्कुची लिम्चुङबुङ सडक प्राथमिकतामा राखेको र अहिले नै यति समयमा सकिन्छ भनेर प्रतिबद्धता गर्न नसकिने अवस्था रहेको बताउनुभयो ।

लिम्चुङबुङ गाउँपालका अध्यक्ष मेजर राईले २० लाख जनताबाट एक हजार उठाएर भएपनि महाअभियान चलाएर पनि सडक बनाउने बताउनुभयो । यदि सरकारले हेर्दैन भने हामि महाअभियान भएर पनि सडकका लागि लागिपर्ने र जनतालाई निरास नबनाउने घोषणा गर्नुभयो ।
मुख्य राजमार्गमा जसोतसो सरकारी ध्यान पुगिहाल्छ । दैनिक सवारी साधनको चाप बढी हुने भएकाले पनि पहिरो आउँदा पन्छाउने र हिलाम्य हुँदा खाल्डा पुर्ने काम गरिन्छ । तर ग्रामीण सडकमा भने सरकारी निकायको ध्यान सामान्य अवस्थामा पुग्दैन ।
यसकारण पनि सर्वसाधारणले ग्रामीण सडकमा बढी दुख पाउने गरेका छन् । ग्रामीण सडकहरु प्रायः बर्षातमा ठप्प नै हुन्छन् । बर्षातका कारण पहिरोले भत्काउने र हिलाम्य हुने भएकाले ती सडकमा गाडी चलाउन समेत हम्मेहम्मे हुने गर्दछ । सडक निर्माणमा सरकारको ध्यान पुग्नु जरुरी देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्