अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा पाँच र टी२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो ।

५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे ।

ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि माक्ररम र रिजाले ४३ बलमा ५५ रनको साझेदारी गर्दै फाइनलमा स्थान पक्का गराए ।

त्यसअघि बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भयो । अफगानिस्तानका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दोस्रो सेमिफाइनलमा आज राती इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्