हेलम्बुमा दलित छात्राले रु १ लाख पाउने

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जन्मिएका प्रत्येक दलित छात्राले रु १ लाख पाउने भएका छन् । आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममा गाउँपालिकाले यस्तो घोषणा गरेको हो ।

गाउँपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने दलित महिलाबाट जन्मिएको दलित सन्ताले गाउँपालकाल भित्रको सामुदायिक शैक्षिक संस्थाबाट माध्यमिक तह उत्तिर्ण गरि कुनै पनि विषयमा स्नातक तह पुरा गरेमा कार्यविधि बनाएर जनही रु १ लाख प्रदान गर्ने गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । यस्तै नीति तथा कार्यक्रममा हेलम्बु गाउँपालिकाको बाढी पीडितहरुको व्यवस्थापन गर्ने समेत उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्