बनेपा-११ ले गर्‍यो वडाका दलित र सुकुम्बासी परिवारको स्वास्थ्य विमा

बनेपा- बनेपा नगरपालिका वडा नम्बर ११ ले वडा भित्र रहेका दलित र सुकुम्बासी परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको छ । वडा अध्यक्ष शिबकुमार थापाले स्वास्थ्य विमा कार्ड हस्तान्तरण गर्दे वडा भित्र रहेका १० घरपरिवार दलित र ४ घरपरिवार सुकुमवासी रहेकाहरुको निशुल्क १ लाख बराबरको स्वास्थ्य विमा गरिएको बताए । उनीहरुको १ लाख बराबरको धुलिखेल अस्पताल र रेयुकाई आँखा अस्पतालमा उपचार हुने छ । उक्त विमा कार्यक्रम आगामी वर्षहरुमा समेत निरन्तरता दिने वडा अध्यक्ष शिब कुमार थापाले प्रतिबद्धता जनाएका छन् ।

थापाले वडामा महिला दिदिबहिनीहरुलाई क्षमता र नेतृत्व विकास सम्बन्धी तालिम, विभिन्न कृषि सामाग्री वितरण, युवा लक्षित स्वरोजगार तालिम, स्वास्थ्य शिबिर, खानेपानी, पक्कि सडक, पार्क निमार्ण गरिएको बताए । भौतिक विकास सगै वडाबासीहरुको आर्थिक उपार्जनका लागी समेत कार्य गर्दे आएको थापाले बताए । कार्यक्रममा वडा सदस्यहरु, वडा सचिब लक्ष्मी देउजा लगाएतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्