परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइडोङले बुधबार भेटवार्ता गरेका छन् ।

सो भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस अघि वेइडोङले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।

नेपाल भ्रमण सकेर उपविदेशमन्त्री वेइडोङ आजै स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकालले विदाई गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्