गोकुलेश्वर स्कुलमा दरबन्दी विपरित शिक्षक नियुक्ति गरिएको भन्दै युवाहरुले बुझाए ज्ञापनपत्र

दार्चुला – दार्चुलाको गोकुलेश्वर माध्यमिक विद्यालयमा दरबन्दी विपरित शिक्षक नियुक्ति गरिएको भन्दै युवाहरुले ज्ञापन पत्र पेश गरेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिकाको केन्द्र समेत रहेको गोकुलेश्वर बजारमा रहेको गोकुलेश्वर माध्यमिक विद्यालयमा स्वीकृत ९ वटा दरबन्दी मध्ये गणित शिक्षकको पद रिक्त रहेको थियो ।

जसमा व्यवस्थापन समितिले आफु अनुकुलका व्यक्तिलाई भर्ना गर्न विज्ञान विषयको शिक्षक नियुक्ति गर्ने निर्णय गरेका थिए । सोहि निर्णय विरुद्ध युवाहरु उत्रिएका छन् । आज एक ध्यानाकर्षण पत्र बुझाउदैँ २४ घण्टाभित्र उक्त निर्णय बदर गर्न समेत चेतावनी दिएका छन् । उक्त निर्णण् बदर नगरे तालाबन्दी गर्नुका साथै आन्दोलनमा उत्रिन बाध्य हुने समेत चेतावनी दिएका छन् ।

अमर बहादुर विष्ट, भुवनसिँह भण्डारी, अशोक साउद, कर्ण बहादुर भण्डारी, प्रकाश विष्ट, सुरेश सिँह विष्ट, अशोक साउद, राजेन्द्र पन्त, कर्ण बहादुर चन्द, भुवन साहु, कपुर विष्ट, सचिन विष्ट, किशोर बहादुर चन्द, पूर्ण बहादुर विष्ट, ध्रुर्व साउद, चुडामणी साउदको संयुक्त टोलीले आज विद्यालयका प्रिन्सिपल पिताम्बर विष्टलाई उक्त ध्यानाकर्षण पत्र बुझाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्