काठमाडौँ – भारतले आगामी जिम्बाबे टूरका लागि १५ सदस्यीय क्रिकेट टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शुभमन गिलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
टिममा शुभमन गिल (कप्तान), यशस्वी जैसवाल, रुतुराज गायकवाड, अभिषेक शर्मा, रिंकु सिंह, सञ्जु सैमसन, ध्रुव जुरेल, नितिश रेड्डी, रियान पराग, वाशिंगटन सुन्दर, रवि बिश्नोई, आवेश खान, खलील अहमद, मुकेश कुमार र तुषार देशपांडे रहेका छन् ।
भारतले जुलाई ६ देखि जिम्बाबेसँग ५ खेलको टी- २० सिरिज खेल्ने तालिका रहेको छ ।