प्रतिबन्धित भारतीय रूपैयाँसहित एक जना पक्राउ

सर्लाही । लालबन्दी नगरपालिका-२ बाट नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ७१ हजारसहित हरिवन नगरपालिका-४ बस्ने ३० वर्षीय सागर पाख्रिनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नबलपुरबाट खटिएको प्रहरीले ना.३८ प ४०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाख्रिनलाई ५ सय दरका १ सय ४२ थान उक्त भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्