पर्यटन व्यवसायी तथा लिम्चुङबुङ गाउँपालिकाका पर्यटन सल्लाहकार रामसुन्दर बके सम्मानित

काठमाडौं – पर्यटन व्यवसायी तथा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका पर्यटन सल्लाहकार रामसुन्दर बके सम्मानित भएका छन् । गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन तथा उज्यालो लिम्चुङबुङ घोषणा कार्यक्रममा कोशी प्रदेशका पर्यटन वन तथा वातवरण मन्त्री नारायण बुर्जामगरको बाहुलीबाट सम्मानित भएका हुन् ।

उनलाई गाउँपालिका अध्यक्ष मेजर राईले खादा माला तथा मन्त्रीले प्रमाणपत्र सहित सम्मान गरेको हो । लिम्चुङबुङको पर्यटन प्रवद्धनका लागि कटिवद्ध भएर लागि परेको भन्दै उच्च सम्मान स्वरुप सम्मान गरेको हो ।

उहाँ लिम्चुङबुङ गाउँपालिकामा होमस्टे सञ्चालन गर्न स्थानीयहरु प्रेरित समेत गरिरहेका छन् । आफ्नो भान्सामा पाक्ने अर्गानिक स्वाद पाहुनालाई दिएर आफ्नै घरमा बासको सुविधा सहितको होमस्टे सञ्चालन गर्न स्थानीयलाइ सुझाव दिदैँ आइरहेका छन् । फलस्वरुप पछिल्लो समय उहाँको प्रेरणाबाट केहि युवाहरु होमस्टे सञ्चालनको तयारीमा रहेका छन् ।

साथै उहाँले लिम्चुङबुङमा आगलागी पिडीतहरुका लागि भनेर नगद सहयोग समेत घोषणा गरेका छन् । उहाँ आर्थिक स्थिति कमजोर भई खरको छाना सहितको आगलागिको जोखिमपूर्ण घरमा जिवन विताइरहेका स्थानीयहरुको लागि खरको छानामुक्त अभियानको तयारी समेत लागि परेका छन् ।

पर्यटन व्यवसायी बके भक्तपुरको रानीकोटमा रहेको भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक समेत हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्