अर्किड स्कुलमा दन्त स्वास्थ्य शिविरको आयोजना, नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी

काठमाडाैं – अर्किड स्कुलमा विद्यार्थीहरुलाई लक्षित गरि दन्त परीक्षण शिविर आयोजना गरिएको छ । शुक्रबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार हाइटमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले दन्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो । द टेक केयर हेल्थ अर्गानाइजेसनमार्फत बडिमालिका डेन्टल हेल्थ केयर सेन्टरसँगको सहकार्यमा दन्त शिविर आयोजना गरेको विद्यालयका निर्देशक प्रेम कुमार भुजेलले बताए ।

विद्यार्थीहरुमा देखिने दाँत सम्बन्धि समस्यालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको हो । शिविर अत्यधिक जानकारीमूलक तथा व्यवस्थित रहेको र जसले विद्यार्थी र शिक्षक कर्मचारी दुबैमा सकारात्मक प्रभाव परेको छ । कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुले दन्त शिविरमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा दाँत तथा मुखमा लाग्ने रोगबाट बच्ने उपायका बारेमा समेत सचेततना जगाइएको थियो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुमा दाँत तथा मुखका साथै गिजामा लागेको रोगको समाधानका लागि शिविर आयोजना गरिएको विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्