गरुडाका डीएसपी त्वान्ती र इन्स्पेक्टर सिंहलाई सम्मान

 

रौतहट, ३ असार । रौतहटको मध्यभाग गरुडास्थित इलाका प्रहरी कार्यालयको प्रमुखमा हालै आएका डीएसपी रामेश्वर त्वान्ती र सशस्त्र बेस क्याम्प दुधियाभारका इन्स्पेक्टर सञ्जित कुमार सिंहलाई सम्मान गरिएको छ।

रौतहट सुनचाँदी व्यवसायी संघले गरुडामा आयोजित एक कार्यक्रमबीच नवआगन्तुक डीएस्पी रामेश्वर र सशस्त्रका इन्स्पेक्टर सिंहलाई सम्मान गरेका हुन्।

संघका अध्यक्ष अरूण सोनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यलय गरूडा, प्रमुख डीएस्पी रामेश्वर, इन्स्पेक्टर सिंहलाई संघका पदाधकारीले शान्ति सुरक्षाको लागी ध्यानअकर्षण गराउँदै स्वागत तथा सम्मान गरेका हुन्।

सम्मान कार्यक्रममा नेपाल सुन चाँदी व्यवसायी संघका मधेस प्रदेशका सभापति रामजी साह,गरूडा उद्योग वाणिज्य संघका अध्यक्ष सतिश साह, पूर्वअध्यक्ष हरन्द्र प्रसाद चौधरी, बहुमुखी क्यामपस गरुडाका अध्यक्ष लछुमन साह, उद्योग वाणिज्य संघ महासचिव छठु साह, कोषाध्यक्ष रमेश साह, हेमलाल साहलगायत दर्जनौं व्यापारीको सहभागिता रहेको थियो।

न्युज कारखाना

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्