कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी

सांकेतिक तस्विर

कञ्चनपुर । कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी भएको छ।

लालझाडी गाउँपालिका-४ जाईमा रहेको भृकुटी बोर्डिङ स्कुलको भवनमा आइतबार आगलागी भएको हो। आगलागी हुँदा फर्निचर, पंखा, बोर्ड लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्