नेसनस प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न

भक्तपुर, असार २; नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ  ।
परिवर्तित कक्षा १-३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई २०८१ जेठ ५ र १५ गते होटल सिटी गाउँको कार्यक्रम हलमा दुई चरण गरा एकीकृत पाठ्यक्रमको सिकाई उपलब्धि सम्बन्धि प्रशिक्षण गरिएको थियो ! उक्त कक्षा १-३ को लागि प्रशिक्षक द्वय हरिहर तिमिल्सिना र हरि प्रसाद रेग्मीले सहजीकरण गर्नु भएको थियो  ।

अर्को चरणमा कक्षा ४-१० को विषयगत रूपमा पाठ्यक्रम, सिकाइ उपलब्धि, आन्तरिक तथा बाह्य मूल्याङ्कन , प्रश्नपत्र निर्माण एवम् उत्तर लेखन लगायतमा नेसनल प्याब्सनका सदस्य विद्यालयका शिक्षकहरूलाई प्रशिक्षण गरिएको थियो ! डोलेश्वर भिलेज रिसोर्टको कार्यक्रम हलमा २०८१ जेठ २६ गते नेपाली विषयको हरिहर तिमिल्सिनाद्वारा र विज्ञान विषयको सुशील खनालद्वारा प्रशिक्षण गरिएको थियो ! त्यसै गरी २०८१ असार १ गते सामाजिक विषयको दीपक मरहठ्ठा र जीवन पन्थीले प्रशिक्षण दिनु भएको थियो भने सोही दिन विज्ञान विषयको डा. चिन्तामणि पन्थीले शिक्षकहरूलाई सहजीकरण गर्नु भएको जानकारी नेसनल प्याब्सन भक्तपुरका सचिव कुमार थापामगरले दिनुभयो । साथै नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष राम प्रसाद खाताखोले यस्तो निरन्तर तालिम संचालनको लागि संस्थाका सल्लाहकार, पदाधिकारी एवं सबै सदस्य विद्यालयहरुको ऐक्यवद्धता र सहयोगले संभव भएको जनाउनु भयो ।

नेसनल प्याब्सन भक्तपुरले करिब एक महिनाको अन्तरालमा कक्षा १-३ को एकीकृत पाठ्यक्रम र कक्षा ४-१० को चारवटा विषय नेपाली, गणित, विज्ञान र सामाजिकको प्रशिक्षण गराउँदा विद्यालयमा न्यूनतम भए पनि प्रशिक्षित शिक्षकहरूले सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन सक्ने तथा यसरी प्रदान गरिएको विषयगत वृहत प्रशिक्षणले शिक्षकहरूको क्षमता अभिवृद्धि हुने नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले जानकारी गराउनु भयो ।

त्यसै गरी कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुराउनु हुने सत्यशक्ति पुस्तक भण्डारका महेश थापा लगाएत एलाइड, ओएसिस, बुद्ध र ग्रीन पब्लिकेशनलाई नेसनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष विक्रम थापाले धन्यवाद सन्देश व्यक्त गर्नु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्