काठमाडौं – आइसिसी टी-२० विश्वकपमा नेपालले बंगलादेशलाई १०६ रनमा अल आउट गरेको छ।
सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेल खेलेको नेपालले बंगलादेशलाई १९.३ ओभरमा अल आउट गरी १०६ रनमा समेटेको हो।
नेपालले अन्तिम खेलमा जितका लागि १०७ रनको लक्ष्य पाएको छ। अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीको बलिङमा बंगलादेशका मुस्ताफिजुर रहमान रन आउट भएका थिए।