‘देशभित्र घुमौँ, देशलाई चिनौँ’ भन्ने मुल नाराका साथ ‘जेसुम यात्रा’ सम्मन्न

काठमाडौँ – ‘देशभित्र घुमौँ, देशलाई चिनौँ’ भन्ने मुल नाराका साथ ‘जेसुम यात्रा’ सम्मन्न भएको छ । शनिबार बुढानिलकण्ठबाट शिवपुरी डाडाँ सम्म पुगेर यात्रा सम्पन्न भएको हो । बुढानिलकण्ठ नगरपालिका र समग्र विकास अभियान नेपालको सहकार्यमा गरिएको ‘जेसुम यात्रा’ मा लेखक, साहित्यकार, राजनीतिज्ञ, चित्रकार, रङ्गकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

‘जेसुम’ तामाङ भाषाको शब्द हो जसको अर्थ नेपालीमा हुन्छ ‘अत्यन्तै सुन्दर’ त्यसैले यस सुन्दर यात्रालाई जेसुम यात्रा भनिएको हो । यात्राको संयोजन बुढानिलकण्ठ नगरपालिकाका उप–प्रमुख अनिता लामाले गर्नुभएको थियो । नागी गुम्बाबाट सुरु भएको यात्रा बागद्वार हुँदै शिवपुरी डाँडामा गरिएर सकिएको थियो । बाटोमा देखिएका दृश्यहरुलाई चित्रकारहरुले चित्रमा कैद गरेका थिए भने साहित्यकारहरुले कविता मार्फत त्यस क्षेत्रको बयान गरेका थिए । नेपाल टेलिभिजनका महाप्रबन्धक एवं कवि फुलमानबल तामाङ, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, साहित्यकार स्नेह सायमी र बुढानिलकण्ठ नगरपालिकाका उप–प्रमुख एवं कवि अनिता लामा लगायतले कविता प्रस्तुत गर्नुभएको थियो । यस्तै रंगकर्मी केदार श्रेष्ठ, सरोज अर्याल लगायतले नाटक प्रस्तु गरेका थिए भने फुल कुमार बम्जनले डम्फु बजाउँदै गीत गाएर सबैलाई नचाएका थिए । आगमी दिनहरुमा पनि जेसुम यात्रा निरन्तर जारी रहने संयोजक लामाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्