टी-२० विश्वकप: नेपाल र दक्षिण अफ्रिकाबीचको खेल भोलि बिहान

काठमाडौँ – नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै छ । समुह डी अन्तर्गत नेपालले भोलि बिहान नेपाली समय अनुसार ५: १५ बजेदेखि दक्षिण अफ्रिकासँग खेल लागेको हो । यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुदै छ ।

जारी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले तीन खेलमा लगातार जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यस अघि श्रीलंका, बंगलादेश र नेदरल्याण्डसलाई पराजित गरेको थियो । त्यस्तै नेपालले भने पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने श्रीलंकाविरुद्धको दोस्रो खेल बर्षाले रद्ध हुदा अंक बाँडेको थियो । नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस खेलमा हार बेहोरेमा नेपाल  सुपर आठमा पुग्न असफल हुने छ ।

दक्षिण अफ्रिका र नेपाल सिनियर तहमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्