मदरल्याण्ड स्कुलको आयोजना: ईप्सन हिज्जेमा यूनिटी प्रथम र ईडेन द्वितीय

भक्तपुर; जेठ ३१ः ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता-२०८१ सम्पन्न भएको छ ।
हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले स्वान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
भक्तपुर जिल्लामा आफूलाई अब्बल रुपमा सावित गर्दै आएको ११ वटा स्कुलहरुको सामुहिक समूह एडिफाई प्राइभेट स्कुल अर्गनाइजेशन नेपाल (ईप्सन) ले सदस्य स्कुलहरुको विकास र विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रम गर्दै आएको छ ! ईप्सन भक्तपुरमा क्वालिटी स्कुल, सूर्योदय सेकेन्डरी स्कुल, मदरल्याण्ड स्कुल, हिमाल एकेडेमी, ग्लोबल एकेडेमी, पारिजात विद्याकुन्ज, सेन्ट जोन स्कुल, ईडेन गार्डेन, यूनिटी स्कुल, विमल मेमोरियल विद्यापीठ र नगरकोट सनराइज रहेका छन ।

निकै नै उत्कृष्ट रुपमा सम्पन्न भएको हिज्जे प्रतियोगितामा आयोजक मदरल्याण्ड स्कुलले सहभागि जनाएको थिएन ! प्रतियोगितामा ९ वटा स्कुलका कक्षा ६ देखि ८ का विद्यार्थीहरु ४ जनाको समूहले प्रतिष्पर्धा गरेका थिए ! कार्यक्रम डोलेश्वर भिलेज रिसोर्ट सुनपा ८ सिपाडोलको हलमा सम्पन्न भएको उक्त हिज्जे प्रतियोगिता संचालन मदरल्याण्ड स्कुलका राधेश्याम केसी, संजय कासुला, दिलदेवी देउला, विद्या अधिकारी र प्राविधिकमा राधेश्याम कासुला समेतको शिक्षक टिमले गरेका थिए ।

कार्यक्रममा ईप्सनका सचिव विजय कर्माचार्यले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा थप हौसला प्रदान गरेको बताउनु भयो ! त्यसै गरी ईप्सन भक्तपुर अध्यक्ष जिबी खड्काले मदरल्याण्ड स्कुलले निकै नै व्यवस्थित र अनुसरणीय कार्यक्रम गर्न सफल भएकोमा शुभेच्छा व्यक्त गर्दै विद्यार्थीहरुको सफलता नै ईप्सनको जित भएको बताउनु भयो ।


समापन कार्यक्रममा सबै सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र, विजेता विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ! मदरल्याण्डको कार्यकारी संचालक शर्मिला देउजाले ईप्सनका सबै पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्