कैलालीकी १३ वर्षीया बालिका भारतमा बेपत्ता, खोजिदिन परिवारको अपिल

काठमाडौं – भारतमा तीन दिनदेखि नेपाली बालिका बेपत्ता भएको भन्दै परिवारले खोजिदिन आग्रह गरेको छ।

कैलालीको गोदावरी नगरपालिका-८  घर भएकी १३ वर्षीया बालिका शारदा भुल बुधबारदेखि भारतको पञ्जाबबाट बेपत्ता भएको त्यहाँस्थित शिवराज बिनाडीले बताए। उनी पञ्जावको लुधियाना कुन्दनपुरीबाट बेपत्ता भएको बिनाडीको भनाइ छ।

उनका बुबा दिलीप भुलले छोरी हराएकाले कतै फेला पारेमा भारतमा आफ्नो ९९८८९६१०३३ मा वा नेपालमा फेला परे घरमा रहेको ९७४६३२१९०३ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्