ऋणका लागि नातेदारकै भर पर्छन् नेपाली, ६४ प्रतिशत घरपरिवार ऋणी

Photo : AI

काठमाडौँ – ऋणका लागि सबैभन्दा धेरै नेपाली नातेदारकै भर पर्ने गरेका छन् । ऋण प्रवाहका लागि देशका प्रायः सबै क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, लघुवित्त र सहकारी पुगे पनि धेरै घरपरिवारले नातेदारसँगै ऋण लिने गरेको पाइएको हो।

राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ को प्रतिवेदनले ऋण लिएका घरपरिवारमध्ये सबैभन्दा धेरै अर्थात् ४२.५ प्रतिशतले नातेदारबाट ऋण लिने गरेको तथ्य सार्वजनिक गरेको हो।

प्रतिवेदन अनुसार घरपरिवारबाट ऋण लिने प्रवृत्ति विगत १२ वर्षको तुलनामा भने घटेको छ। नातेदारपछि सबैभन्दा धेरै बैङ्कहरूबाट ऋण लिने गरेको पछिल्लो सर्वेक्षणले देखाएको छ।

बैङ्कपछि ऋणदाता व्यक्तिबाट ऋण लिने गरेको पाइएको छ। उच्च ब्याज लिने त्यस्ता ऋणदाताबाट ऋण लिने क्रम भने घटेको देखिएको छ।

सर्वेक्षणले देशभरका करिब ६४ प्रतिशत घरपरिवारले कुनै न कुनै किसिमले ऋण लिएको पाइएको छ। त्यसरी ऋण लिएका घरपरिवारमध्ये अधिकांश घरपरिवारले ऋण तिर्न बाँकी देखिन्छ। आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्