पहिरोले घर बगाउँदा ताप्लेजुङको खेजेनिममा एकै घरका ४ जनाको मृत्यु

तस्विर : AI

ताप्लेजुङ — बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भएको छ । पहिरोमा परी ताप्लेजुङको खेजेनिममा एकै घरका ४ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका  अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।

रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको आशंका प्रहरीको छ । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्यांक संकलनको काम भइरहेको छ । यसअघि सिसेवा र सिस्ने खोलामा आएको बाढीले बिहीबार चारवटा अस्थायी पुल तथा उत्तरतर्फ जोड्ने सडक अवरुद्ध बनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्