अर्किड स्कुलमा निर्वाचन प्रक्रियाबाट शैक्षिक सत्र २०८१ का लागि कप्तान तथा उपकप्तान छनोट

काठमाडाैं – अर्किड स्कुलले शैक्षिक सत्र २०८१ का लागि विभिन्न क्षेत्रका लागि कप्तान छनोट गरेको छ । काठमाडाैंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ गोठाटार हाईटमा अर्किड प्युपल सेकेण्डरी स्कुलले  निर्वाचन प्रणालीबाट मतदान गरेर कप्तान छनोट गरेको हो । जसमा स्कुल कप्तान, अनुशासन इन्चार्ज, सरसफाई क्याप्टेन, स्कुल उप कप्तान, अनुशासन उप इन्चार्ज, सरसफाई उप कप्तान र भाषा उप कप्तानका लागि निर्वाचन गरेको हो ।

जसमा विद्यालय कप्तानमा छात्रा स्नेहा पुरी तथा अनुसाशन इन्चार्जमा छात्र सुमन खड्का छनोट भएका छन् । यस्तै सरसफाई क्याप्टेनमा प्रणय भुजेल, भाषा कप्तान रोमन सापकोटा, विद्यालय उप कप्तानमा स्वस्तिक सुवेदी, अनुशासन उप इन्चार्जमा छात्र युदृष्टि श्रेष्ठ, सरसफाई उप कप्तानमामा शिशिर जिरेल चयन भएको विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले बताएका छन् ।
विजेता सबै कप्तान, उपकप्तानलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरि बधाई दिनुका साथै खादा माला सहित ब्याच वितरण गरेको छ ।+

विद्यालयलाई नयाँ दृष्टिकोणले सबै कुरामा साथ दिने र विद्यालयको उद्देश्य प्राप्तिमा सहयोग रहनेमा विश्वस्त रहेको विद्यालयका संस्थापक निर्देशक प्रेम कुमार भुजेलले बताउनुभयो । विद्यालयलाई इमान्दारीपूर्वक समर्पित भई राम्रो भावनालाई शैक्षिक शत्र २०८१ वित्नेमा आशावादी रहेको समेत उहाँले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्