लेकममा हालसम्म ५ करोड भन्दा बढी बेरुजु, आव २०७९/८० मा मात्रै १ करोड भन्दा बढी

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकामा हालसम्म ¬५ करोड २६ लाख ४१ हजार बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७९/८० मात्रै १ करोड ४२ लाख ६८ हजार बेरुजु देखिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवदेनमा हालसम्म ¬५ करोड २६ लाख ४१ हजार बेरुजु देखिएको उल्लेख छ । आव २०७९/८० को बेरुजुमा ३१ लाख ७५ हजार असुल गर्नुपर्ने, ६३ लाख ६८ हजार कागजात पेश गर्नुपर्ने, ३४ लाख ९४ हजार नियमित गर्नुपर्ने र पेश्की बाँकी १२ लाख समेत गरि १ करोड ४२ लाख ३७ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यो सँगै हाल सम्मको अध्यावधिक बेरुजु ५ करोड २६ लाख ४१ हजार पुगेको छ ।
लेकम गाउँपालिकामा छिमेकी पालिकाहरु भन्दा निकै न्युन बेरुजु देखिएको छ । छिमेकी पालिका शैल्यशिखर नगरपालिकामा हालमसम्मको बेरुजु ४९ करोड भन्दा बढी छ भने आर्थिक वर्ष २०७९/८० मात्रै १० करोड भन्दा बढी छ । यस्तै मालिकार्जुन गाउँपालिकामा हालसम्मको बेरुजु २७ करोड भन्दा बढी छ भने आर्थिक वर्ष २०७९/८० मात्रै ३ करोड ७८ हजार बेरुजु देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्