शैल्यशिखर नगरपालिकामा एकै वर्ष १० करोड भन्दा बढी बेरुजु, हाल सम्म ४९ करोड बढी पुग्यो

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा एकै वर्ष १० करोड भन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा सोक रकम बेरुजु देखिएको उल्लेख छ ।

लेखापरीक्षणबाट रू.१० करोड १९ लाख ६५ हजार बेरुजुदेखएको छ । सो सम्बधधमा प्रतिक्रया प्राप्त भएकोमा सो उपर कारबाही भई रु. ९ लाख ७२ हिार फर्स्यौट भएकोलेबाकी बेरुजु असलु गर्नुपर्ने रू. १ करोड १९ लाख ६३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ५ करोड ४८ लाख ३ हजार, नियमित गर्नुपर्ने रु.२ करोड ३० लाख ७९ हजार र पेश्की बाकी रु.१ करोड ११ लाख ४८ हजार समेत रु.१० करोड ९ लाख ९३ हजार रहेको छ । शैल्यशिखर नगरपालिकाको गत वर्षसम्म रु.३९ करोड ४७ लाख ४८ हजरा बेरुजु बाँकी रहेकोमा सम्परीक्षणबाट फर्स्यौट एवं यो वर्ष कायम भएको बेरुजु समेत हालसम्मको अध्याविधक बेरुजु  रु.४९ करोड ४० लाख ४१ हजार रहेको छ । महालेखाको प्रतिवेदनमा भनिएको छ ।

ऐन नियमको परिपालना,  आन्तरिक निरन्त्रण व्यवस्था, सम्पत्तिको संरक्षण, स्रोत साधनको प्राप्ति र उपयोग, बजेट व्यवस्थापन र राजश्व संकलन,   सार्वजनिक खरिद व्यवस्थापन, कार्यक्रम स्वीकृति एवं कार्यान्वयन,  उपभोक्ता समितिलाई अनुदान वितरण तथा अनगुमन र सेवा प्रवाह लगायतका विषयमा सधुार गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ । शैल्यशिखर नगरपालिकाको नेतृत्व नेकपा एमालेको तर्फबाट विजयी भएका विजयसिंह धामीले गरिरहेका छन् । यस  भन्दा अघिल्लो कार्यकालमा भने नेपाली काँग्रेसका तर्फबाट अमरसिंह धामी मेयर थिए । नगरपालिकामा भ्रष्टार शुन्य र सुशासन कायम गर्ने नारा दिएर एमालेले नगरपालिकामा विजय प्राप्त गरेको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्