एसएसपी बिष्टद्वारा जिप्रका कैलालीको अनुगमन, अपराध अनुसन्धानलाई प्राथमिकतामा राख्न निर्देशन

धनगढी २५ जेठ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक दिल्लीराज बिष्टले जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन गर्नुभएको छ । शुक्रबार अनुगमन गर्नुका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभयो ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज बिष्टले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिनुभयो ।

दैनिक काम कारबाहीलाई चुस्त दुरुस्त बनाई आ-आफ्नो जिम्मेवार वडा एरियाहरुमा शान्ति सुरक्षा,अपराध नियन्त्रण र खुल्ला सिमानाकाहरुबाट हुने अपराधिक गतिबिधी, अबैंध चोरी तस्करीलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा ब्यापक रुपमा प्रहरी परिचालन गरि कडाईका साथ चेक जाँच गर्न निर्देशन दिनुभयो ।

समुदाय-प्रहरी साँझेदारी कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय र सहकार्य गरि समाजमा बढिरहेको आत्महत्या, लागु औंषध सेवन, साईबर अपराध, सवारी दुर्घटना लगायतका सामाजिक बिकृती बिसंगती न्युनिकरण गर्न बिषेश योजना बनाई लागु गर्नु पर्ने समेत बताउनुभयो ।

प्रहरी परिचालनको सिलसिलामा प्रहरी कर्मचारीहरुले स्वार्थ वा प्रलोभनमा नपरि कुनै पनि गैरव्यावसायिक क्रिलाकलापमा संलग्न नभई शुन्य सहनशिलतामा कार्य गर्न समेत निर्देशन दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्