एकता व्यापार संघ नेपालको अध्यक्षमा आचार्य निर्विरोध निर्वाचित

काठमाडौँ – एकता व्यापार संघ नेपालको अध्यक्षमा तेज प्रासाद आचार्य सर्वसम्मत चयन भएका छन् । मंगलबार एकता व्यापार संघको नयाँ कार्यसमितिका लागि पदाधिकारीका आकांक्षिहरुले उम्मेदवारी दर्ता गराएका थिए । तर आवश्यक पदाधिकारीमा १÷१ जनाको उम्मेदवारी परेपछि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएएको छ ।

संघको अध्यक्षमा तेज प्रसाद आचार्य, उपाध्यक्षमा सीता सुवेदी, महासचिवमा प्रकाश भण्डारी, सचिवमा जीवन शर्मा र कोषाध्यक्षमा प्रेम बहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा गणेश पौडेल, दीपक आचार्य, शर्मिला कुँवर, चक्रपाणी भट्टराई, संगम श्रेष्ठ, कमल शर्मा, युवराज कोइराला र उद्धव प्रसाद गौतम रहेका छन् ।

यसैबीच संघको १९औँ साधारणसभा तथा सातौँ अधिवेशन शुक्रबार हुँदैछ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने एकता व्यापार संघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्