दार्चुला तिंकर सडकमा बजेट किन परेन, आफ्नै भुमिमा जान भारतीय बाटोको प्रयोग कहिले सम्म ? (भिडियो)

काठमाडौँ – नेपाली काँग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले दार्चुला तिंकर सडकमा बजेट नपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल कार्यक्रममा भाग लिदै सांसद बडूले सरकारसँग आक्रोश व्यक्त गरेका हुन् । कालापानी क्षेत्र दार्चुलाको जिल्लाको मात्रै नभएर देशकै विषय भएको भन्दै सांसद बडूले बजेट बारे कसलाई सोध्नुपर्ने हो भन्दै प्रश्न समेत गरेका छन् । यो सडक राष्ट्रियता र स्वाभिमानसँग जोडिएको विषय भएको उनको भनाई छ । आफ्नै देशभित्र जान पनि भारतीय भुमीको प्रयोग गर्नुपर्ने बाध्यता कहिले सम्म हो भन्दै सांसद बडूले आक्रोश व्यक्त गरे । यस्तो महत्वका विषय बजेटमा समावेश नहुनु दुखद भएको उनको भनाई छ । ‘…. त्रिदेशीय व्यापारलाई जसले बढाउँछ, जसले उत्तरमा चीन र कैलाश मानसरोवर यात्रामा जानेहरुका लागि पर्यटकीय पूर्वाधार बढाउँछ, र यो अर्थतन्त्रलाई चलायमान गर्न सक्दछ, त्यो क्षेत्र आज किन परेन प्राथमिकतामा म सोध्न चाहन्छ,’ सांसद बडूले भने, ‘कसलाई सोध्ने हो, नेतृत्व गरेको भौतिक पूर्वाधार मन्त्री जी र अर्थमन्त्री दुवैलाई म सोध्न चाहन्छु, यस पालीको बजेट वक्तव्यको प्राथमिकतामा किन पर्न सकेन ?’ चुच्चे नक्साभित्र रहेको कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्र भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने सांसद बडूले पटक पटक दोहर्याए । ‘यो एउटा जिल्लाको कुरामात्र हैन, देशको महत्वपूर्ण विषय हो की हैन त्यो क्षेत्र ? यो सिधै राष्ट्रियता र स्वाभिमानसँग जोडिएको सडक जहाँ आज त्यो तिंकर क्षेत्र पुग्नका लागि भारतीय बाटो भएर जानुपर्छ’ सांसद बडूले भने ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्