दिल्लीको तापक्रम ५२.३ डिग्री, गर्मिका कारण भारतमा ५५ जनाको ज्यान गयो

काठमाडौँ –  छिमेकी भारतमा तापक्रम निकै उकालो लागेको छ । भारतको मौसम विज्ञान विभागले वेबसाइटमा उल्लेख गरेअनुसार १० राज्यका ७५ सहरमा अधिकतम तापक्रम ४५ डिग्री सेल्सियस नाघेको छ ।

बुधबार मात्र भारतको राजधानी दिल्लीको तापक्रम ५२.२ डिसे मापन भएको छ, जुन दिल्लीका लागि अहिलेसम्मकै उच्च तापक्रम हो । त्यहाँ यसअघि सन् २००२ मा ४९.२ डिसे तापक्रम मापन भएको थियो ।

बुधबार राजस्थानमा ५१, हरियाणामा ५०.३, मध्यप्रदेश, विहार र उत्तर प्रदेशका कैयौँ सहरमा ४८ डिग्री सेल्सियस नाघेको छ । गर्मीका कारण यस वर्ष भारतमा ५५ जनाको ज्यान गइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्