अर्थ मन्त्रालयमा चहलपहल: बजेट मस्यौदालाई अन्तिम रुप दिइदैं

काठमाडौँ– आगामी आर्थिक वर्ष आव २०८१/८२ को बजेट मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्रालयमा बैठक बसिरहेको छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, अर्थसचिव मधु मरासिनी र राजस्व सचिव रामप्रसाद घिमिरे तथा बजेट लेखन टोलीका सदस्य सहभागी रहनु भएको छ । अर्थमन्त्रालयमा चहल पहल देखिएको छ । मन्त्रालय प्रवेशमा उच्च शुरक्षा प्रबन्ध गरिएको छ ।

भोलि बस्ने संयुक्त सदनको बैठकमा आर्थमन्त्री बर्षमान पुनले आर्थिक बर्ष १०८१।२०८२ को बजेट सार्वजनिक गर्दै हुनुहुन्छ ।  १८ खर्बको सीमा भित्र रहेर बजेटको निर्माण भइरहेको बताइएको छ ।

नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्