बुढानीलकण्ठ नगरपालिकाका मेयरसहित तीन वडाध्यक्षलाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौं- काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ आदेश जारी गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले यस्तो फैसला सुनाएको हो । अदालतले वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई सजाय सुनाएको हो ।

नगरले अनधिकृत रुपमा व्यक्तिको जग्गा कब्जा गरेको विषयमा परेको निवेदनमा अदालतले पछिल्लो फैसला गरेको हो ।

नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्