भोजपुरी गायक पवन सिंह भाजपाबाट निष्काशित

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) ले भोजपुरी गायक पवन सिंहलाई पार्टीबाट निष्कासन गरेको छ ।

लोकसभा चुनावको उम्मेदवारको पहिलो सूचीमा भाजपाले पश्चिम बंगालको आसनसोल सिटबाट पवन सिंहलाई टिकट दिएको थियो। यद्यपि, उनी आफ्ना गीतहरूमा बंगाली महिलाहरूको आपत्तिजनक चित्रणले घेरिएका थिए र त्यसपछि पवन सिंहले चुनाव नलड्ने घोषणा गरे ।

त्यसपछि पवन सिंहले बिहारको कराकट सिटबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उपेन्द्र कुशवाहा यहाँ एनडीएबाट उम्मेदवार छन् ।

बिहार बीजेपीले पवन सिंहलाई पार्टीबाट हटाएको पत्र दिएको छ । पत्रमा लोकसभा चुनावमा एनडीएको अधिकृत उम्मेदवारविरुद्ध लडेको र यो अनुशासनविपरीत भएको भन्दै पार्टीबाट निष्काशित गरेको जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्