कार्यदलको बैठक जारी

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक जारी रहेको छ ।  बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा बसिरहेको छ ।

कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन् । आजको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीसमेत सामेल छन् ।

आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले आफ्नो नाम समावेश गरेर कार्यादेश बनाउन संदेश दिएको नेता खनालले जानकारी दिएका छन् ।

यस अघि पनि पटक पटक कार्यदलको बैठक बसेको भएपनि संसदीय छनबिन समितिको कार्यदेशमा सहमति हुन सकेको छैन । कार्यदेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा प्रमुख विवाद रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्