बाजुराकी भाईरल गायिका लक्ष्मी नेपाली र भुवन बडूको ‘कलेजीका कुना’ गीत दर्शकको रोजाईमा

काठमाडाैं – बाजुराकी भाईरल गायिका लक्ष्मी नेपाली र गायक भुवन प्रकाश बडूको कलेजीका कुना बोलको गीत पछिल्लो समय दर्शकको रोजाईमा परेको छ । छोटो समयमा अत्यधिक रुचाईको गीत भुवन प्रकाश बडूको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

एक प्रेम जोडीको कथामा आधारित शब्दहरु समावेश गरि तयार पारिएको उक्त गीतमा स्वर भने भुवन प्रकाश बडू र लक्ष्मी नेपालीले दिएको छ भने गीतमा लय शब्द भने माधब विष्ट कैलाशको रहेको छ ।

यस्तै गायक बडूले नै एरेन्ज गरेको गीतलाई मिक्सिङ जीवन बडूले गरेको छ । रेकर्डिष्टमा भने रिजेन बडू रहेका छन् । प्रेममा भावविह्वल भएका जोडीले गीतमा माया प्रेम साटेका छन् ।

हिउँ पणि टल्किन लाग्यो , बाजपानीका धुरा, कैखी भनु को सुणन्छ , मेरा मनका कुरा भनेर केटाले केटीलाई प्रेमका शब्द पोखेका छन् भने केटीले साथ छुट्यो सङनी छुट्या ,छुट्यो जन्म्या थली, डिठ पड्डिछ भेट हुनिन, सुधै झलमली भनेर व्यक्त गरेका छन् ।

दोधारा झोलुङ्ग्या पुल, बेदकोटकी ताल, म उडि मैनाकी खोजी ,मैना उडि माल लगायतका शब्द समावेश गरेका छन् । यस्तै साइका कलेजीका कुना , बसन्या ठाउँ छ कि, खाइ खेली घुम्याका ठाउको , सम्झना आउँछ कि भनेर गीतलाई मिठासता दिएका छन् ।

दियाको रुमाल छुट्यो ,पानी खान्या कुवा, उसैत जल्याको मुटु , तेल न थप सुवा भनेर गीतमा केटाले भन्दा केटीलले कुइरो लाग्यो अल्का डाडा, घाम लाग्यो पाटन, राखेकैछु हाथकी औँठी , सम्राणी काटन भनेर गीतलाई पूर्णता दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्