काठमाडौं – मन्त्रिपरिषद बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको बैठकले कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्रलाई सचिवमा बढुवा गरेको छ भने मधेश प्रदेशका कामु सचिव लोकनाथ पौड्याललाई पनि सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।