काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८१/0८२ मा बन्द उद्योग चलाउने नीतिलाई अघि सारेको छ । यो नीति नयाँ भने होइन । गत बर्ष समेत यसले स्थान पाएको थियो भने यस बर्ष पनि पुनः दोहोर्याएको छ ।
सरकारको नीति तथा कार्यक्रम अन्तर्गत संसदको संयुक्त बैठकमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बन्द उद्योग चलाइने बताउनुभयो । उनले बन्द उद्योग कलकारखाना व्यवस्थापन गर्न निजी लगानी आकर्षित गरिने बताउनुभयो ।
निजी क्षेत्र प्रतिस्पर्धी भएका गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योगलाई सम्भाव्यताका आधारमा सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।