कांग्रेस नेताहरुसँग नीति तथा कार्यक्रमलाई अवरोध नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई अवरोध नगर्न आग्रह गरेको र सहकारीमा देखिएको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको बताए । लेखकले कांग्रेसले आजै बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्ने जानकारी दिए ।

राष्ट्रपति रामचन्द पौडेलले आजै अपराहन्न ३ बजे बस्ने संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्