जिल्ला अस्पताल दार्चुलाका एमडीजीपी डा. आदर्श लिम्बुको विदाई

दार्चुला – जिल्ला अस्पताल दार्चुलाका एमडीजीपी (MDGP) डा. आदर्श लिम्बुको विदाई गरेको छ ।

विगत साढे तीन बर्षदेखि जिल्ला अस्पताल दार्चुलामा कार्यरत एमडीजीपी (नवौँ तह) का डाक्टर लिम्बुको सरुवा भएपछि एक कार्यक्रमका विच अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीहरुले विदाई गरेको हो ।

उहाँलाई बाँजागाजा सहित फेरी भेटौँला भन्ने व्यानर सहित स्थानीयहरु, अस्पतालका कर्मचारी, महाकाली नगरपालिका वडा नम्बर ५ का वडा सदस्य प्रेम सिह ठगुन्ना लगायत व्यापारी, समाजसेवी लगायतले विदाई र्‍याली निकालेर भव्य रुपमा विदाई गरेको हो ।

जिल्ला अस्पताल दार्चुलाको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको अस्पताल प्रशासनले जनाएको छ । हरेक समय विरामीको उपचारमा खटिने डाक्टर लिम्बुको योगदानको आम दार्चुलाबासीले सम्मान गरेका छन् ।

आजभन्दा साढे तीन बर्ष पहिला डा. लिम्बु दार्चुला आउँदा कोभिडको महामारी सुरु भएको थियो । कोभिडले सिंगो मुलुक नै आक्रान्त भएका बेला दार्चुला पनि त्यसमा अछुतो रहन सकेको थिएन्। कोभिड जस्तो महामारीलाई सहज व्यवस्थापनमा उनी खटिरहे । कोभिड मात्रै नभई विगतमा सामान्य अप्रेशनको लागि समेत रिफर हुनुपर्ने बाध्यताको समेत अन्त्य गर्न डा. लिम्बुले महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

दार्चुला बसाईको क्रममा धेरै कुरा जान्ने, सिक्ने, सिकाउने र हसिलो यादहरु बनाउने मौका मिलेको भन्दै सम्पूर्ण अस्पतालका कर्मचारीहरुप्रति डा. लिम्बुले धन्यवाद व्यक्त गरेका छन् । हाल उहाँको कार्यरत पद रिक्त रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्