रामदत्त मिश्र, काठमाडाैं – कार्यसम्पादनमा उत्कृष्ट काम गरेको भन्दै बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्ट दुई प्रदेशमा कार्यरत रहँदा दुवै पटक सम्मानित भएका छन् ।
नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत रहँदा आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट नगद पुरस्कार सहित सम्मानित भएका एसएसपी विष्ट हालै २०८०/८१ मा पनि सम्मानित भएका छन् । प्रहरी कर्मचारीहरुले संगठनको नीति निर्देशन अनुरुप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय अर्डर आदेशको पालना गर्नुका साथै आफुलाई दिइएको जिम्मेवारी पूर्ण इमान्दारी, बफादारी, प्रसंशनीय तथा अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै यहि आर्थिक वर्ष २०८०/०८१ मा समेत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सम्मानित भएका छन् ।
पुरस्कृत हुने कर्मचारीहरुबाट अन्य प्रहरी अधिकृत लगायत संगठनभित्रका कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गई कार्मसम्पादनमा अझ बढी टेवा पुग्ने भन्दै प्रहरी नियमावलीले दिएको अधिकार प्रयोग गर्दै उत्कृष्ट प्रहरीहरुलाई सम्मान गरिदैँ आएको छ । जसमा प्रहरी अधिकृत दिल्लीराज विष्ट समेत पर्न सफल हुनुभयो ।
२०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट २०७२ सालमा एसपीमा बढुवा भएका थिए भने २०७९ साल साउनमा एसएसपीमा बढुवा हुनुभएको थियो । इन्सपेक्टर र डिएसपी पदमा कार्यरत रहँदा एसएसपी विष्ट चुनौतीपूर्ण स्थानहरुमा काम गरिसकेकोले कार्य दक्षतामा राम्रो भएको इमान्दार अधिकृत मानिन्छन् ।
एसएसपी विष्ट इन्सेपक्टर र डिएसपी हुदा अति चुनौतीपूर्ण स्थानहरुमा दक्षतापूर्वक उत्कृष्ट काम गरि धेरै पटक पुरस्कृत भइसक्नुभएका छ । देशमा विभिन्न समयमा विषम परिस्थितिमा चुनौतीपूर्ण स्थानमा खटिएर दक्षता समेत देखाएका प्रहरी अधिकृत हुन् एसएसपी बिष्ट । एसएसपी बिष्ट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा धनगढी कैलालीमा कार्यरत हुनुहन्छ ।