काठमाडौं, ८ बैशाख । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।
राष्ट्रियसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने कार्यसुचीमा उल्लेख गरिएको छ ।