बिपन्न परीवारलाई नेतृ सिद्धिकिको सहयोग : खानेपानिको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड

घोराही – नेकपा एमाले नेतृ साजिदा सिद्धिकिले बिपन्न परीवारलाई सहयोग गनुभएको छ । नेतृ सिद्धिकिले इस्लाम धर्मावलम्बिहरुको विशेष पर्व रमादान अर्थात रोजा बस्ने पर्वको अवशरमा घोराही १२ सुनडबरीमा स्थायि बसोबास गर्ने मुस्लिम परीवारका करीव १० घरलाई बिभिन्न खानेकुराको सहयोग गर्नुभएको हो । २ दशक अगाडिबाट सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको नेतृ सिद्धिकिले उक्त परीवारमा सहयोग बितरण गरेको बताउनुभयो । उँहाले साँझ बिहान काम गर्दै छाक टार्ने परीवारको समस्या बुझी आफुले सहयोग गरेको बताउनुभयो । रमादानको अवशर पारेर मुस्लिम परीवारमा सहयोग गरेकि नेतृ सिद्धिकिले अन्य आर्थिक अबस्था न्युन भएका समुदायमा पनि सहयोग गरीने बताउनुभयो । नेतृ सिद्धिकिको सहयोग पश्चात त्यस ठाँउका स्थानिय पनि निकै खुसि भएका छन ।

उनिहरुले निर्वाचन जितेर संसद छिरेकाहरु कहिले गाँउ फर्किएनन् तर हजुर भने हाम्रो अबस्था बुझ्न सधै हाम्रै घरदैलोमा आइपुग्नु हुन्छ भन्दै उँहालाई राष्ट्रपति भएको समेत देख्न पाँउ भनि आशिर्वाद समेत दिएका थिए । नेतृ सिद्धिकि सिसा नेपाल एनजिओको अध्यक्ष हुदै नेकपा एमालेको केन्द्रिय सदस्य तथा मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय उपाध्यक्ष र सह–इन्चार्ज भएर काम गर्दै आउनुभएको छ भने बिगत २ दशक देखि बिभिन्न सामाजिक संस्थामा रहेर काम गर्दै आउनुभएको छ । उँहाले नेकपा एमालेको २ महिने मिश ग्रासरुट पनि सफलता पुर्वक सम्पन्न गर्नुभएको थियो । साथै उक्त मुस्लिम बस्तिमा रहेको खानेपानिको समस्या समाधानको लागि पनि पहल गर्ने बताउनुभएको छ ।

बर्षौ देखि खानेपानिको समस्यामा रहेको समुदाएमा प्रतक्ष्य अवलोकनको लागि गएकि नेतृ सिद्धिकिलाई त्यस ठाँउका स्थानियले आफ्नो समस्या राखेका थिए । त्यस लगतै घोराही १२ का वडा अध्यक्ष दोर्ण बहकरी सहित खानेपानि समिति लगायतको टिम संग छलफल गरी तत्काल समस्या समाधन गरीदिन आग्रह गर्नुभएको छ । घोराही १२ का वडा अध्यक्ष बहकरीले पनि आफुले सक्दो छिटो समस्या समाधान हुने भन्दै आफ्नो प्रतिबद्धता जनाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्