काठमाडौँ – कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो तथा अन्तिम टी-२० खेलमा सोमबार नेपाल ‘ए’ ले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई जितका लागि दुई सय १४ रनको लक्ष्य विशाल दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले अविजित ९३ रनको योगदान गरे । रासिद खानले २४ रन बनाए । कमलसिंह ऐरीले पनि टोलीको खातामा अविजित १९ रन थपे । बसिर अहमदले १९ रन बटुले । पवन सर्राफले १३ रन जोडे । कप्तान विनोद भण्डारी ११ रन बनाउँदै आउट भए ।