विराटनगर । विराट गोल्ड कपको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीम विजयी भएको छ ।
विराटनगरको शहीद रङ्शालामा विहिबार देखि शुरुभएको रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आरटिएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेर विजयी शुरुवात गरेको हो ।
आरटिएफसीको जितमा किन्ले ग्यालसेन, सिद्धार्थ गुरुङ र किन्जाङ तेन्जिङले एक एक गोल गरेका थिए ।
प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाईज, विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब , नेपाल पुलिस क्लब, एपीएफ क्लब, एनआरटी, मच्छिन्द्र क्लब र साङ्ग्रिला मोरङ भिड्ने छन् । यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको आरटिसी फुटबल क्लब खेल्दै छन् ।
गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । आज त्रिभुवन आर्मी क्लब र एनआरटीबीचको खेल साँझ ५: ४५ बजेदेखि शुरु हुने छ ।