आज लोकतन्त्र दिवस

काठमाडाैँ – राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिन आज वैशाख ११ गते । २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्र अनुसार अगाडि बढ्ने घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।
शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा (माओवादी)बीच सम्पन्न १२ बुँदे सहमतिपश्चात् १९ दिने ऐतिहासिक जनआन्दोलन भएको थियो । नेपाली जनताको ठूलो त्याग र वलिदानबाट प्राप्त लोकतन्त्रकै जगमा संविधान सभामार्फत २०७२ असोज ३ गते जनताका प्रतिनिधि आफैँले लेखेको संविधान जारी भएको थियो ।

गाेरपात्रअनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्